शुक्रबार, बैशाख १४, २०८१

आज काँग्रेस क्षेत्र न.८मा वृहत क्रियाशील,कार्यकर्ता भेला हुँदै

घर-घर जाँउ काँग्रेस जिताऔं अभियान

काठमाडौं चैत २१ ,

आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले घरदैलो अभियानलाई तीव्रता दिएको छ । आफ्नो दलले गरेको जनहितकारी कार्य र भावी रणनीतिका बारेमा जनतालाई जानकारी गराउन घरदैलो अभियानलाई निरन्तरता दिदै काठमाडौं काँग्रेस क्षेत्र न. ८ का सभापति राजेश श्रेष्ठले आज अपरान्ह प्रस्तुत अभियान अन्र्तगत क्रियाशील शुभेच्छुक एव् कार्यकर्ता भेलाको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

त्यस्तै क्षेत्रीय सभापति श्रेष्ठले काँग्रेस नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता एवम् काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको विशेष आतिथ्यतामा हुने कार्यक्रमको आयोजना हुने जानकारी दिनुभयो ।

महानगरको वडा न. १३ , १५ १९ , २० , २३, २४ र नार्गाजुन नगरपालिको वडा न ४ र ५ न वडा इकाइ कार्य क्षृत्र रहेको काठमाडौं काग्रेस क्षत्र न ८ का सम्पूर्ण क्रियाशील सदस्य , शुभेच्छुक संस्थाका सदस्य संगै काँग्रेसलाइ माया गर्ने सम्पूर्ण व्यक्ति ,संघ संस्थालाइ उपस्थितको लागि अनुरोध गर्दै आसन्न निर्वाचनमा काँग्रेसलाइ पहिलो पार्टी बनाउँन,विगतका कामको कमीकमजोरी एवं थप सुधार गर्दै निर्वाचित गराउन आवश्यक भूमिका निवार्ह गर्न आग्रह गर्नुभएको छ ।

यसैवीच आजै काँग्रेस महानगर समितिले पनि महानगर वडा १७ स्थित क्षेत्रपाटीपार्टी प्यालेसमा प्रस्तुत अभिया अर्तगत महानगर कार्यकर्ता भेलाको आयोजा गरेको महानगर समितिका उपसभापति सन्तकुमार महर्जनले जानकारी दिनभएको छ ।