शुक्रबार, बैशाख १४, २०८१

स्वरोजगारमुलक तालिम पछि उद्यम नगर्ने हो भने तालिम लिनुको अर्थ रहँदैन: महानगर प्रमुख शाक्य

काठमाडौँ फागुन २३
काठमाडौँ महानगरको सम्पदा तथा पर्यटन विभागले सञ्चालन गरेको ४५ दिने काष्ठकला तालिमको आज समापन भएको छ । विभागले नेपाल हस्तकला महासंघको कला तथा शिल्प परिषद्सँगको सहकार्यमा तालिम आयोजना गरेको हो

तालिम समापन एवम् प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्दै महानगर प्रमसख विद्यासुन्दर शाक्यले, तालिम लिएका प्रशिक्षार्थीहरुले समापन हुनु अघि नै काठको वर्कसप खोलेको खवरले आफूलाई सुखद महसुस भएको बताउनुभयो । त्यस्तै उहाँले तालिम सिकेको सीपलाई उपयोग गरेर सानै भए पनि उद्यम चलाउन आफैमा सकारात्म पक्ष भएको भन्दै उहाँले पछिल्लो समय काष्ठकर्मीको अभावका कारण झेल्नु परेको समस्याको स्मरण सहित हामी तपाईँहरुलाई आवश्यक पर्छ भने अर्को चरणको विशेषज्ञ तालिम समेत उपलब्ध गराउन महानगर तयार रहेको बताउनुभयो ।

महानगरको सहकार्यमा भएको काष्ठकला तालिम मुलत २०७२ सालको भूकम्पपछि पुननिर्माणलाई केन्द्रमा राखेर पहिलो चरण र अहिले दोस्रो चरणको तालिम दिइएको र यस पटकको तालिमबाट प्रशिक्षक बन्न सक्ने जनशक्ति उत्पादन भएको महानगरले जनाएको छ ।