शनिबार, बैशाख १५, २०८१

युट्युव मार्फत अनर्गल वक्तव्य बाजी गर्ने वाईबा पक्राउ

काठमाडौं चैत ६
प्रहरी प्रधान कार्यालय साइवर व्यूरोले चरित्र हत्या गर्ने उद्देश्यले युट्युव च्यानल मार्फत भ्रामक तथा अनर्गल वक्तव्य बाजी गरेको अभियोगमा तारकेश्वर नगरपालिका(१० बस्ने सुनसरी बराहक्षेत्र नगरपालिका-३ घर भएकी ३० वर्षीय शर्मिला वाईबालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

ब्यूरोका अनुसार युट्युव च्यानलहरुमा पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्य राखी ‘सेलेब नेपाल’ र ‘एवन मिडिया च्यानल’ मार्फत भ्रामक तथा अनर्गल वक्तव्य बाजी गरी शर्मिलाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको पाइएपछि उनलाई ईलाका प्रहरी कार्यालय खैरहनी चितवनको सहयोगमा पक्राउ गरेको जनाउँदै वाईबा उपर अदालतबाट ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।