बुधबार, बैशाख १९, २०८१

एमसीसी अनुमोदनको विरोधमा विप्लवसहितका ६ वाम घटक आन्दोलित

काठमाडौं फागुन १८,  

प्रतिनिधिसभाको  बैठकबाट एमसीसी अनुमोदनभएसंगै नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले यसको विरोधमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

सार्वजनिक संघर्षका कार्यक्रम अन्र्तगत फागुन २० गते काठमाडौँमा विशाल प्रदर्शनसहित विरोधसभा गर्ने लगायतका कार्यक्रम रहेको जारी विज्ञप्तिमा उलेख गरिएको छ।

त्यस्तै एमसीसी अनुमोदन अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य भएको निष्कर्ष एवम् राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट पारित हुँदै गर्दा नेकपा एमालेले त्यसका विरुद्ध सङ्घर्ष गर्नुको सट्टा बेल घेराउको बहानामा सम्झौता पारित गर्न सघाउ पुर्‍याउने कार्य गरी नेपाली जनता र राष्ट्रप्रति अन्तरघात गरेको ठहर गर्दै मङ्गलबार अपराह्न जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ कार्यक्रम :
१) फागुन २० गते काठमाडौँ उपत्यकामा विशाल विरोध प्रदर्शन र संयुक्त विरोधसभा
२) फागुन २२ गते बुद्धिजीवीहरूको अन्तरक्रिया
३) फागुन २४ गते ८ मार्च भव्य रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन र सभा
४) फागुन २६ गते विद्यार्थीहरूको देशव्यापी क्याम्पस र विद्यालयहरूमा विरोध प्रदर्शन र सभा
५) फागुन २८ गते युवकहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
६) फागुन ३० गते मजदुरहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
७) चैत २ गते किसानहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
८) चैत ४ गते श्रमिक÷दलित समुदाय मोर्चाको देशव्यापी विरोध प्रदर्शन र सभा
९) चैत ६ गते राष्ट्रिय मुक्ति (जातीय/क्षेत्रीय) मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम रहेको छ ।