बिहिबार, बैशाख १३, २०८१

धुनी जगाउँदै मनाइयो महाशिवरात्री

काठमाडौं फागुन १७ ,
हिन्दू धर्मालम्बीहरुले मनाउँने पर्वहरुमध्ये फागुन कृष्ण चतुर्दशीका दिन मनाइने एक महत्वपूर्ण पर्व महाशिवरात्रीको अवसरमा आज विभिन्न शिवालय र मठमन्दिरमा भजनकिर्तन सहित शिव धुनी जगाउँदै मनाइएको छ ।

यसैक्रममा बालगोपाल भजन सञ्चालसंस्थाको आयोजनामा आज कामपा वडा न.१९ ढोकाटोलमा शिव भगवानको आराधान सहित धुनी जगाइएको हो । त्यसअवसरमा भक्तजनहरुको उल्लेखनीय उपस्थित रहेको संस्थाका संस्थाका उपाध्यक्ष  गोपाल  मानन्धरले जानकारी दिएको छ।