सोमवार, बैशाख २४, २०८१

कांग्रेसको प्रवक्तामा डा महत मनोनित

काठमाडौं माघ २४ ,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा केन्द्रीय सदस्य डा प्रकाशशरण महत मनोनीत गर्नुभएको छ । प्रधानमन्त्री समेत रहेको पार्टी सभापति देउवाले पार्टीको विधान २०१७ [संशोधनसहित]को दफा २५ को उपदफा ४ बमोजिम डा महतलाइ प्रवक्तामा मनोनयन गर्नुभएको काँग्रेस मुख्यालये जनाएको छ।

त्यस्तै सभापति देउवाले पार्टी सङ्गठनलाई थप सुदृढ एवं गतिशील बनाउन प्रवक्तामा  नियुक्त डा महतबाट महत्वपूर्ण सहयोग र सक्रियता रहने विश्वास दिएको जनाउदै उहाँको कार्य सफलताको कामना पनि गर्नुभएको छ ।