शनिबार, बैशाख २२, २०८१

शिर्ष नेतृत्वत्रयवीचआज भएको आइसब्रेक छलफल निकै सकारात्मक: प्रवक्ता कार्की

संसद गतिरोध अन्त्यका लागि सभामुखको बहिर्गनमन एमालेको प्रमुख एजेन्दा

काठमाडौं माघ २३ ,
प्रधानमन्त्रीसहित ३ दलका शीर्ष नेताहरुवीच आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी र अवरुद्ध संसद खुलाउने सहितका विषयमा विशेष छलफल भएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका प्रचण्ड र र सत्ताबाट वाहिरिएपछि पहिलो पटक वालुवाटार छिरेका प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी ओली बीच करिब दुई घण्टा चलेको प्रधानमन्त्री देउवाले संसदको गतिरोध र एमसीसी लगायतका विषयलाई अगाडि बढाउन सहयोग गर्न एमालेसँग आग्रह गर्दै गर्दा एमाले अध्यक्ष ओलीले प्रस्तावित विषयमा सत्ता गठबन्धनको विचार स्पष्ट रुपमा आउनु पर्ने जोड दिनुभएको बैठकमा सहभागी एमालेका अर्का नेता शंकर पोखरेलले बताउनुभयो ।

त्यस्तै अध्यक्ष ओलीले संसद गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गनमनलाइ प्रमुख एजेन्दा बनाएँदै सभामुखको बहिर्गनमनसंगै आफुहरु बैठकमा सहभागी हुने बताउको बुझिएको छ।  त्यस्तै सत्तारुढ साझेदार माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई चुनावसम्म स्थगित गर्दै त्यसपछि विस्तृत अध्ययन सहति यस विषयमा अगाडी बढ्नु पर्ने राए अभिव्यक्त गरेको बुझिएको छ।

यद्यपी बैठक पछि सरका प्रवक्रा समेत रहेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलका लागि प्रस्तावित विषयमा शिर्ष नेतृत्वत्रयवीच भएको छलफल आइसब्रेक भएको बताँदै छलफललाइ निरन्तरता दिदै निष्कर्षमा लैजानु पर्नेमा शिर्षनेतृत्व सकारात्मक भएको बताउनुभयो ।