बुधबार, बैशाख २६, २०८१

बुँदागत छलफलपछि अहिले विरोधमा रहेका दल र तिनका नेताले एमसीसीको  समर्थन गर्ने काँग्रेस प्रवक्ताको दावी

काठमाडौं माघ २८,
नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता संसदमा पेश गर्नुपर्ने बताएका छन् ।
काँग्रेसको विहिवार बसेको काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निष्कर्ष पछि आज राजधानीमा नेपाल विद्यार्थी संघले गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै संसदमा दर्ता भएको प्रस्ताव संसद बैठकमा पेश गर्नु सभामुखको दायित्व हुने बताउनुभएको हो ।

सभामुखले सदनमा प्रक्रिया अगाडि बढाउनुपर्छ । सरकारले दर्ता गरेको प्रस्ताव सदनमा अगाडि बढाउनु सभामुखको दायित्व भएको जिकिर सहित प्रवक्ता डा महतले सदनमा पेश भएपछि न यसमा सम्झौताका्े बुँदागत व्यवस्थमाथि छलफल हुन्छ । अनि सम्झौताको मर्म र आफैमा प्रष्ट भइ दूधको दूध पानीको पानी छुट्टिने उहाँको अभिमत रहेको थियो ।

साथै उहाँले संसदमा पेहश पनि नहुँने अनि हौवाको भरमा एमसीसीलाई गिजोल्ने काम भएको टिप्पणी गर्दै प्रवक्ता महतले छलफल भएपछि अहिले विरोधमा रहेका दल र तिनका नेताको एमसीसीमा सहभागिता, समर्थन गर्ने दावी गर्नुभयो तर पछिल्लो एक वर्षदेखि एमसीसीलाई गिजोल्ने काम भएको छ । भ्रम फैलाउने गरी प्रचार हुनु दुर्भाग्य धएको छ डा महतले भने ।