मङ्लबार, बैशाख १८, २०८१

नेपाल–मरिससवीच आज साँझ ४ः४५ मा दोस्रो भिडन्त हुँदै

काठमाडौँ माघ १८,
नेपाली राष्ट्रिय फुटबल टिमले आज अफ्रिकी मुलुक मरिसससँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको घरेलु मैदानमा नेपालले मरिससविरुद्ध दोस्रो खेल खेल्न लागेको हो । खेल साँझ ४स्४५ बजे शुरु हुनेछ । यसअघि भएको मरिसससँग भएको पहिलो खेलमा नेपाल बिमल घर्तीमगरले निर्णायक गोलसंगै नेपाल १–० ले विजयी भएको थियो ।

मरिसस विरुद्धको दोस्रो खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थीको स्थानमा मनिष डाँगी र दर्शन गुरुङलाइ परिवर्तन गर्दै टिम घोषणा गरेका छन ।

घोषित टिमा क्रमस किरण लिम्बूको कप्तानीमा विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, बिमल घर्तीमगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ र सन्तोष तामाङ रहेका छन।