मङ्लबार, बैशाख २५, २०८१

ज्यान सम्बन्धी कसूरमा संलग्न अघोरी पक्राउ

काठमाडौ माघ २९,

ज्यान सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा दक्षिणकाली नगरपालिका ६ फर्पिङ बस्ने ३५ वर्षीय शिव गिरी [अघोरी] लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
दक्षिणकाली नगरपालिका९६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडी बिहीबार राति गिरीले हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ बर्षीय पुरुषलाई दाउराको चिरपट र बाँसको टुक्रा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते पुरुषलाई मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ हुँदै वीर अस्पताल लगिएकोमा उपचारको क्रममा उनको शुक्रबार बिहान मृत्यु भएको थियो । त्यस्तै पक्राउ परेो अधोरी उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031