सोमवार, बैशाख ३, २०८१

सर्वोच्चले आइतवारबाट संकुचन गरेका सवै सेवा नियमित गर्ने

काठमाडौ माघ २९,

सर्वोच्च अदालतले पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिमसंगै बन्द गरिएको संकुचन गरेको अदालती सेवा आइतवार देखि नियमित रूपमा सञ्चालन गर्ने भएको छ । यसअघि गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको हो ।

गत बिहीबार बसेको पूर्ण बैठकले आगामी १ फागुनवाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक पक्षलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिदै अदालत प्रशासनले यसवीचमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभुत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गर्दै आएको जानकारी दिएका छन ।