मङ्लबार, बैशाख २५, २०८१

एमसीसी परियोजना विषयक गठबन्धनका ३ शीर्ष नेताबीचको छलफल अनिर्णित

काठमाडौ माघ २९,
सत्तारुढ गठबन्धनका ३ शीर्ष नेताबीच आज प्रमको सरकारी निवास बालुवाटारमा भएको आसन्न स्थानीय निर्वाचन र एमसीसी परियोजना विषयक छलफल बिना कुनै निष्कर्ष सकिएको छ । शिर्ष नेतृत्ववीच एमसीसी परियोजनाका विषयम ३ दलका शिर्ष नेतृत्व आ–आफ्नै अडानमा रहेका कारण प्रस्तावित विषयको छलपल बिना निष्कर्ष टुंगिएको हो ।

प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीचको छलफलमा प्रम देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने विषयमf राख्नु भएको प्रस्तावलाइ नेताद्वय प्रचण्ड र नेपालले प्रस्तुत विषयमा आफ्नो अभिमत राख्दै स्थानीय निर्वाचन सम्म् एमसीसी सम्झौतालाइ स्थगन गर्दै त्यसपछि प्रतिपक्षी दलसँग पनि छलफल गर्दै अगाडि बढ्न राम्रो हुने भन्दै अस्वीकार गरेको बुझिएको छ।

त्यस्तै छलफलको क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का लागि सार्न प्रस्ताव गर्नुभएको बताइएकोछ । साथै केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेताहरुलाई फोन गरेर एमसीसी पारित नभए ‘नेपालसँगको सम्बन्धनमा पुनर्विचार गर्ने’ सम्मको अभिव्यक्तिलाइ दृष्टिगत गर्दै एमसीसी सम्झौता टेबल गर्न प्रम देउवाले जोड दिएपछि दुई नेताले जबर्जस्ती गर्ने हो भने ‘गठबन्धनमानै समस्या आउने सम्मको जिकिर गरेको भएपनि आजको छलफलले कुनै ठोस निष्कर्ष पल्यिाउँन नसकेको थाहा भएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031