शनिबार, बैशाख १५, २०८१

यी २७ खोप केन्द्रबाट अग्रपंक्तिमा काम गर्नेलाई कोभिड विरुद्धको बुस्टर डोज लगाइँदै

काठमाडौं माघ ३ ,
पछिल्लो समय उपत्यका लगायत देशैभर कोभिड संक्रमितको रफ्तार बढेसंगै कोभिड विरुद्धको बुस्टर डोज दिने क्रम शुरु भएको छ । काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानबाट कोभिड विरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको छ। काठमाडौंमा सोमवारबाट बुस्टर डोजको खोप दिन शुरु गरिएकोछ भने ललितपुर महानगरका क्षेत्रमा भने मंगलबारबाट दिने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा लगाउने सरकारको तयारी रहेको जानकारीदिदै मन्त्रालयले बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्ने जनाएको छ ।

त्यस्तै मन्त्रालयले बुस्टर डोजका लागि काठमाडौंका १९ खोप केन्द्र क्रमस सशस्त्र प्रहरी बल अस्पताल बलम्बु,सहिद मेमोरियल अस्पताल कलंकी, वीरेन्द्र सैनिक अस्पताल छाउनी,लोट्से भवन नयाँ बसपार्क,नेपाल प्रहरी अस्पताल महाराजगन्ज,त्रिवि शिक्षण अस्पताल,वीर अस्पताल,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु,बयोधा अस्पताल बल्खु,प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली,  निजामती अस्पताल नयाँबानेश्वर,एपेक्स पोलिक्लिनक जडिबुटी काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग,पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी,  जनमैत्री अस्पताल बालाजु,नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला ,नोबेल अस्पताल सिनामंगल र ग्रान्डी अस्पतालबा लगाउन सकिने जनाएकोछ ।

त्यस्तै ललितपुर महानगरले पनि मंगलवारबाट ८ वटा अस्पताल क्रमस सर्वाङ्ग अस्पताल,स्टार अस्पताल,अल्का अस्पताल, निदान अस्पताल,बिएन्डबी अस्पताल,मेडिसिटी अस्पताल,सुमेरु अस्पतालबुस्टर मात्रा दिइने जनाएको छ। बुस्टर मात्रा लगाउन यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ।

त्यस्तै पहिलो चरणमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी , सुरक्षाकर्मी सरसफाइकर्मी , एम्बुलेन्स तथा शव वहान चालक, विमानस्थलमा खटिने कर्मचारी र सार्वजनिक क्षेत्र अन्तगत सरकारी कार्यालय सामुदायिक क्षेत्रमा सेवा प्रवाह गर्ने संघसंस्थामा कार्यरत व्यक्ति , पत्रकार, बैक सेवाका कर्मचारी सार्वजनिक बस सेवाका चालक तथा सहचालकलाइ खोप दिइने जनाएको छ। त्यसपछि आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइने मन्त्रालयले जनाएको छ।