बिहिबार, बैशाख २७, २०८१

यस वर्षको अन्त्यसम्म कोभिड महामारी अन्त्य हुने डब्लूएचओको विश्वास

काठमाडौं माघ १०,
पछिल्लो समय रफ्तारमा बढ्दो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । यद्यपी मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने दावी गर्दै ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दै गरेको जनाउ दिएका छन ।

त्यस्तै पछिल्लो समय खोपका विश्वसनिय प्रयोगका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको बताउदै निर्देशक हान्स क्लुगले भने यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ ।

त्यस्तै अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् ।