शुक्रबार, बैशाख १४, २०८१

पत्रकारको धर्ना सहितको विरोधलाइ सम्बोधन गर्दै निर्वाचन संयोजक घिमिरेले माफि मागेसंगै धर्ना रोकियो

काठमाडौ मंसिर २७ ,

नेपाली कांग्रेसको राजधानीमा जारी १४औँ महाधिवेशन अन्र्तगत आज हुँदै गरेको निर्वाचनको समाचार संकलनका लागि पुगेको सञ्भारकर्मीहरुलाइ समाचार संकलनमा रोक लगाएसंगै शुरु भएको विरोध प्रदर्शन उग्रबन्न नपाउँदै समाधान भएकोछ ।

समाचार संकनमा रोक लगाएपछि पत्रकारहरु क्यामरा डाउन गर्दै धर्नामा बसेका थिए । त्यसलगत्तै धर्नामा बसेका पत्रकार वृत माझ पुगेर काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले माफी मागेपछि समस्या समाधान मात्र भएको छैन संचारकर्मीहरु तस्वीर खिच्न र समाचार सम्प्रेषण गर्न समेत थालिसेको छन ।