बुधबार, बैशाख १२, २०८१

३४१ जनामा कोभिड संक्रमण पुष्टि हुँदै गर्दा ३७६ जना डिस्चार्ज

काठमाडौं मंसिर २७ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३४१ जना कोभिड संक्रमित थपिएको जानकारी दिएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४१६ पीसीआर र २ हजार ८२० जनाको एन्टीजेन परीक्षणका क्रममा उल्लेखित सख्यामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयले कुल संक्रमितमध्ये ५ हजार ८२४ जनामा सक्रिय संक्रमण रहेको जानकारी दिनुको अलावा यसवीचमा ३७६ जना संक्रमित उपचार पछि डिस्चार्ज भएको जनाएका छन भने यहि अवधीमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

साथै १२६ जना आइसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार हुँदै गरेको मन्त्रालयले जनाउँदै वितेको २४ घण्टामा देशभर १ लाख ८७ हजार ६६४ जनाले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएकोछ ।