बिहिबार, बैशाख २७, २०८१

कोभिड संक्रिय संक्रमित मध्ये १०६ जनाको आइसीयूमा र २४ जनाको भेन्टिलेटर उपचार हुँदै

काठमाडौं पुस ३ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १८९ जना कोभिड संक्रमित थपिएको जनाएको छ। देशभर गरिएको ५ हजार ४८३ पीसीआर परीक्षणको क्रममा १५८ र २ हजार ५१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १८९ जना गरि उल्लेखित सख्यामा संक्रमित पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयले आज पहिचान भएका संक्रमितसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ६०३ जना पुगेको छ भने यसमध्ये ५ हजार ४२८ जनामा सक्रिय संक्रमण रहेो जनाएको छ। त्यस्तै यसवीचमा २५० जना संक्रमित उपचार पछि डिस्चार्ज भएसंगै कोभिड मुक्त हुनेको संख्या ८ लाख ८ हजार ६०३ पुगेको जानकारी समेत मन्त्रालयले दिएको छ।

त्यस्तै गरि यसवीचमा संक्रमणका काण २ जना संक्रमितको मृत्यु भएको र योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको जानकारी दिनुको अलावा पछिल्लो समय १०६ जनाको आइसीयू र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ।

त्यस्तै मन्त्रालयले हालसम्म २ करोड १५ लाख ५७ हजार ०८३ मात्रा कोभिड विरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ९५ लाख ८२ हजार ४९६ जनाले पूर्ण मात्रा र १ करोड १९ लाख ७४ हजार ५८८ जनाले कम्तीमा एक मात्रा खोप लगाइसकेको जनाएकोछ ।