बुधबार, बैशाख २६, २०८१

आन्दोलनमा प्रहरी हस्तक्षेप र धरपकद बढेसंगै बारले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं मंसिर ५ ,
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आइतबारदेखि शुक्रबारसम्म देशब्यापी विरोधका कार्यक्रम सार्वजनिक गरे अनुरुप आज पनि प्रन्या जबराको राजीनामा माग गर्दै नेपाल बारको अगुवाइमा कानुन व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत अगाडि विरोध प्रदर्शन कायृक्रमलाइ निरन्तरता दिएको छ।

आन्दोलनरत नेपाल बारले प्रधानन्यायाधीश जबराको राजीनामा संगै गृहमन्त्री बालकृष्ण खाँणको समेत राजीनामा मागेका छन् । प्रधानन्यायाधीशरिुद्धको आन्दोलनमा प्रहरीले हस्तक्षेप बढाएपछि बारले गृहमन्त्री खाँणको राजीनामा मागेको हो ।

३ साता यतादेखि नेपाल बार प्रधान्यायाधीशविरुद्ध निरन्तर आन्दोलन गरिरहेको छ । तर, बारको आन्दोलनमा पछिल्लो समय प्रहरीले हस्तक्षेप बढाएको छ । दैनिक जसो प्रहरीले वकिलहरुमाथि धरपकद गरिरहेको छ । प्रहरीको हस्तक्षेप बढेपछि गृहमन्त्रीको समेत राजीनामा मागेका छन् ।