बिहिबार, चैत्र १५, २०८०

२३८ जना कोभिड संक्रमित थपिदै गर्दा ३७० जना डिस्चार्ज

काठमाडौं मंसिर ५ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २३८ जना कोभिड संक्रमित थपिएको जानकारी दिएको छ । देशभर गरिएको ७ हजार ८४५ पीसीआर र १ हजार २७८ जनाको एन्टीजेन परीक्षणका क्रममा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको हो । त्यस्तै यसवीचमा ३७० जना संक्रमित कोभिड मुक्त भएका छन भने उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

साथै मुलकुमा पछिल्लो डेटा अनुसार कुल संक्रमितको संख्या ८ लाख १९ हजार १९ जना रहेका छ भने यसमध्ये ७ हजार १६४ जना सक्रिय संक्रमण रहेको छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ भने २२७ जना आइसीयू र ५१ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।