बिहिबार, बैशाख २७, २०८१

सिन्धुपाल्चोक क्षेत्र न २ क प्रदेश प्रतिनिधी पदका लागि युवा नेता नेपालको उम्मेदवारी

काठमाडौं मंसिर ५ ,
नेपाली कांग्रेसमा १४औं महाधिवेशन अन्र्तगत बुधवार [मंसिर ८]  हुने सिन्धुपाल्चोक क्षेत्र न २ को प्रदेश ‘क’ को प्रदेश प्रतिनिधी पदका लागि खुला उम्मेदवारमा २ दशक देखि निरन्तर काँग्रेस राजनितिमा सक्रिय युवा व्यक्तित्व गणेश नेपालले उम्मेदवारी दिएका छन ।

काँग्रेसको आसन्न् महाधिवेशनमा युवा वर्गको बढ्दो उम्मेदवारीसंगै पछिल्लो समय  सिन्धुपाल्चोक क्षेत्र न २ को प्रदेश ‘क’ को प्रदेशको निर्वाचनको माहोल थप गर्माएको छ ।

नेपालले आफ्नो उम्मेदवारीको विषयमा जानकारी दिदै आफ्नो उम्मेदवारी भनेको आसन्न् तीनै तहको निर्वाचनको क्रममा विपक्षी संग हुने प्रतिस्प्रर्धाको लागि चुस्त संगठनसंगै विजय उन्मुख सुदृढीकरण गर्नु रहेको बताए ।

त्यस्तै उहाँले आफ्नो उम्मेदवारी स्थानीय नेतागणको सल्लाह, सुझाव बमोजिम नै भएको जानकारी दिदै निर्वाचनमा साथ सहयोगका साथै सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरुको अमूल्य मतका लागि अपिल समेत गरेको छ ।