शुक्रबार, चैत्र १६, २०८०

आज काँग्रेसको विभिन्न ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

काठमाडौं मंसिर ६ ,
नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचन क्षेत्रको अधिवेशन अन्र्तगत आज विभिन्न ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा अधिवेशन क्षेत्रीय अधिवेशन हुँदैछ ।

यसअघि एक मात्र निर्वाचन क्षेत्र भएका १४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। अन्य बाँकी जिल्लाको अधिवेशनको काम अगाडि बढे पनि सर्लाही, सिन्धुपाल्चोक र रसुवाको भने अधिवेशन रोकिएको छ।

सर्लाहीमा वडा तहको अधिवेशन केही दिन अघिमात्र भएको छ भने सिन्धुपाल्चोकमा आज हुने कार्यतालिका कांग्रेसले सार्वजनिक भएको छ। आज हुने अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि समेत प्रतिनिधि चयन गर्नेछ।