शुक्रबार, बैशाख १४, २०८१

वागमतीका मुख्यमन्त्री पाण्डेले प्रदेशसभा बैठकबाट विस्वासको मत लिदै

काठमाडौं कात्तिक २२ ,
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् । कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डेले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री पाण्डेले प्रदेशसभा बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टीलाई आग्रह गरेका छन । ‘मलाई विश्वासको मत दिएर हौसला प्रदान गर्नुहुन्छ भन्ने विस्वास रहेको अभिव्यक्ति समेत दिनुभयो।

त्यस्तै मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताउदै वागमती प्रदेशको प्रगति र विकासको कामलाई अगाडि बढाउने उनले प्रतिवद्धता सहित यस विषयमा कुनै समझौता नहुने भन्दै आफुले लिएको मार्ग दर्शनलाइ सफल बनाउन सहयोग गर्न समेत आग्रह गर्नुभयो ।