बुधबार, बैशाख २६, २०८१

भक्तपुर कांग्रेसको सभापतिमा थापा र कवेँ प्यानलसहित सहित चुनावी मैदानमा

काठमाडौं मंसिर १०,

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत भक्तपुरको जिल्ला अधिवेशनमा वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेँबीच प्रतिस्पर्धा हुने भएको छ । थापा र कवेँले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यसअघिको भक्तपुरको जिल्ला अधिवेशनमा पनि थापा र कवेँबीच सभापतिका लागि कडा प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा पहिलो स्थानमा रहेका कवेँलाई दोस्रो चरणमा झिनो मतले पराजित गर्दै थापाले जिल्ला सभापतिमा बाजी मारेका थिए ।

जिल्ला अधिवेशनका लागि शनिवार उम्मेदवारी दर्ता शनिबार गर्ने कार्यक्रम रहेको जनाउँदे भक्तपुर काँग्रेसले मतदानको कार्यक्रम भने आइतवारमात्र हुने जनाएको छ।