मङ्लबार, बैशाख १८, २०८१

काँग्रेस नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा लिम्बुको उम्मेदवारी

काठमाडों मंसिर ७,
नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेपाली जनसम्पर्क समिति बेलायतको पाचौं अधिवेशन आगामी साता २७ नोभेम्बर शनिबार हुने सभापतिमा कोपिला लिम्बुले उम्मेदवारी घोषणा गरेकी छिन । लामो समय यता देखि जनसम्पर्क समिति मार्फत पार्टीलाइ योगदान गर्दै आइरहकी लिम्बुले यसअघि ९ वर्ष सहमहामन्त्री र साढे ५ वर्ष उपसभापतिको सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै भावी दिनमा थप सक्रिय हुने जनाउ दिदै उहाँले बिधि बिधान र पद्धतीको पालना गर्दै सामुहिक रुपमा प्रवासस्थित नेपाली जनसम्पर्क समितिलाइ सकृय बनाई कांग्रेसको समाजवादी सिद्धान्तलाई बिदेश बाट सहयोग गर्नु रहेको बताइन ।

त्यस्तै महिला सहभागितामा समावेशी नेतृत्वको आवाज चारैतिर उठिरहेको अवस्थामा आफू क्रियाशिल एवं इमान्दार महिला भएको जनाउंदै उनले सभापति पदमा मत दिई निर्वाचित गराइदिन सबैमा अनुरोध गर्दै आफ्नो निर्वाचित कार्यकालमा बेलायतमा रहेको संघसंस्था संग हातेमालो गर्दै गहन सार्वजनिक महत्व एवं सरोकारको विषयमा ध्यानकर्षण गराउने सहयोग एवं समर्थन जनाउनुको अलावा पछिल्लो समय बेलायतमा रहेको जन सम्पर्क समितिको संगठन लाई व्यवस्थित,भरपर्दो एवं विश्वासिलो संगठन बनाउने प्रतिवद्धता अभिव्यक्त गरेकी छिन ।