शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं कांग्रेसको पाँच वटा निर्वाचन क्षेत्रमा आज मतदान हुँदै

काठमाडौं मङ्सिर ७,
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज पनि जारी छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्रको कार्यसमिति चयन गर्नेदेखि महाधिवेशन प्रतिनिधिको चयन सम्मको प्रक्रियाका लागि काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा क्रमस १, ३, ६, ९ र १० मा आज मतदान भइरहेको छ।

यसवीचमा काठमाडौं क्षेत्र न २मा २ मा सोमबार राति अबेर मतदान सकिए पनि मत गणनामा विवाद भएपछि पुनः गणनाको माग भइरहेको छ। सो क्षेत्रमा कबिर शर्मा फुँयाल र अर्जुन पराजुली क्षेत्रीय सभापतिको उम्मेदवार रहेका छन ।

प्राप्त पछिल्लो जानकारी अनुसार निर्वाचन परिणाम प्राप्त भइसकेका काठमाडौं काँग्रेस निर्वाचन क्षेत्र न ४,५ ७ र ८ का सभापति मध्ये क्षेत्र न ४, ७ र ८का सभापति क्रमस श्याम संगत , मुकुन्द रिजाल र राजेश श्रेष्ठ कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह निकटका उम्मेदवार हुन् भने काठमाडौं ५ मा निर्वाचित सभापति श्याम खड्का कांग्रेस संस्थापन समूह निकटका हुन

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031