बिहिबार, बैशाख २७, २०८१

आज यमपञ्चक अन्र्तगत काग र कुकुर तिहार पर्व मनाइदै

 काठमाडौं कात्तिक १७,

  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार मंगलवारबाट शुरु भएको छ । यस वर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक सुरु भएको हो । यद्यपी यमपञ्चक अन्र्तगत आज काग तिहार  कागको पूजाआजा गरी मीठो मीठो खान दिएर कागको  पूजाअर्चना सहित  तिहार पर्व मनाइँदैछ ।
पाँच दिनसम्म मनाइने यो चाड  अर्थात   यमपञ्चक कात्तिक शुक्ल द्वितीयासम्म् यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिएको   धर्मशास्त्रमा उल्लेख रहेको  पाइन्छ ।

यमपञ्चकको क्रमवद्ध अनुरुप चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् ११३९ र म्हपूजा एवम अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइने भएपनि यसपटक तिथिको घटबढका कारण आज काग पूजा संगै ककुर पूजा समेत गरिएको छ । काग र कुकुरलाइ यमराजको दूतका रूपमा धर्मशास्त्रम चित्रण गरिएअनुरुप यमराजले दुनियाँको खबर कागका माध्यमबाट थाहा पाउने काग घर वरपर आई कराएमा केही खबर लिएर परम्परागत विश्वास अद्यपी रहिआएको पाइन्छ ।

यसैवीच तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास अनुरुप समाजमा कुकुरलाइ सम्ँनजनक रुपमा हेर्ने गरिन्छ । पञ्चाक निर्णक समितिका अनुसार आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिदै कुकुरको समेत पूजा गरिएको हो ।

त्यस्तै सूर्योदयकालभन्दा अघि कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिले जनाएको छ। सो दिन सििमत समयको लागि चतुर्दशी तिथी रहेको र त्यपछि औशी तिथी लाग्े समितिले जनाएको छ ।