शुक्रबार, बैशाख १४, २०८१

आज भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ हुँदै

काठमाडौ मंसिर ५,

संसदीय सुनुवाइ समितिले आज भारत, अमेरिका र बेलायतमा नियुक्तिका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गर्दैछ । गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्रआचार्यको नाम सिफारिस गरेको थियो ।

सुनुवाइका लागि आज बिहान ११ बजेदेखि तीन चरणमा संसदीय समितिको बैठक बस्दै छ । समितिकी उपसचिव विमला घिमिरेका अनुसार पहिलो बैठकमा प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्त उजुरी खोल्ने र प्रस्तावित व्यक्तिहरुबाट प्राप्त कार्ययोजना वितरण हुने छ ।

दोस्रो बैठकमा प्रस्तावित राजदूतहरुका सम्बन्धमा सूचना वा उजुरीकर्तासँग छलफल गरिने छ । तेस्रो बैठकमा राजदूतमा प्रस्तावित व्यक्तिहरुलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गर्ने कार्ययोजना बनाइएको बताइएकोछ ।