आइतवार, बैशाख २३, २०८१

नेपाल परिवार दलको अध्यक्षमा पुन ढकाल

काठमाडौं मंसिर ५ ,
नेपाल परिवार दलका तस्रो राष्ट्रिय महाधिबेसन अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित गदै सम्पन्न भएको छ । शनिबार सुरु महाधिवेशन अध्यक्षमा ढकाललाई निर्वाचित गर्दै आईतबार सकिएको छ । ‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले नयाँ नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ ।

महाधिबेसनले प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई पारित गरेको छ । थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी संविधान सुधार सिफारिस आयोग गठन गनुपर्नेकुरालाई महाधिबेसनबाट पारित गरेको छ ।

त्यस्तै अधिबेसनबाट एक अध्यक्ष २ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री, एक कोषाध्यक्ष गरी जम्मा १०१ सदस्यीय कार्यसमिति निबार्चित गरेको छ । जसअनुसार
बरिष्ठ उपाध्यक्षमा विनोद डाँगी उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ महामन्त्री सन्तोष कुमार पौडेल महामन्त्रीमै प्रकाशबाबु थापा ५ जना सह–महामन्त्रीमा क्रमश संबिधासभा सदस्य मानानिय मिलन कुमारी राजवंशी,रुपसिँह भण्डारी,मनोज कुमार सुर्खेति,अब्दुल कैयुम शाह,अशोक कुमार चौधरी,कोषाध्यक्षमा गोविन्द नाथ मिश्र सहकोषाध्यक्षमा बुद्धि माया पुन मगर रहेका छन ।