आइतवार, बैशाख २३, २०८१

राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि माघ १२ मा निर्वाचन हुँने

काठमाडौ मंसिर ५,

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तय गरेको छ ।

संविधानत व्यवस्था अनुरुप राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था भएअनुरुप निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारलाई दिएको सुझाव अनुसार माघ १२ गतेका लागि राष्ट्रिय सभा निर्वाचनको मिति तय गरिएको हो ।

राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट निर्वाचित हुने  छन ।