शुक्रबार, बैशाख १४, २०८१

सभापतिको दावीबाट किमार्थ पछि नहट्ने नेता सिंहको उद्घोष

काठमाडौं कात्तिक ४,
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न पार्टी महाधिवेशन मार्फत पार्टीलाविई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो औंल्याउँदै आफूले सभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताउनुभएको छ ।

बिहीबार धादिङमा पार्टीको धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा वोल्दै काँग्रसका पूर्वमहामन्त्री समेत रहेका नेता यसअघि आफु र आफ्नो परिवारले सधै त्याग मात्रै गरेको उल्लेख गर्दै १४ औं महाधिवेशनमा सभापतिमाको दावीबाट किमार्थ पछि नहट्ने समेत बताउनुभयो ।

सम्बोधनकै क्रममा नेता सिंहले गणेशमानको परिवारले सधैं त्याग मात्रै गरेको छ । अब म पार्टीको नेतृत्व गर्छु,’ उनले भने, ‘म गणेशमानको छोरा भएर मात्रै राजनीतिमा आएको होइन । मेरो आफ्नै छुट्टै संघर्ष छ । यहाँसम्म आइपुग्दा धेरै अवरोधहरुको समाना गरेको समेत बताउनुभयो ।

साथै उहाँले अहिलेको पार्टी नेतृत्वका कारण कांग्रेस कमजोर भएको जिकिर गर्दै वर्तमान नेतृत्वले पार्टीलाई विधिसम्वत र संस्थागत रुपमा नेतृत्वले अगाडि नबढाएको भन्दै पटक पटक कार्यतालिका संशोधन गर्दा पनि महाधिवेशन गर्न नसकेको भन्दै उनले पार्टी नेतृत्वको आलोचनासंगै महाधिवेशन त समयमा गर्न नसक्ने पार्टीले कसरी देश चलाउँछ भनेर जनताले प्रश्न गर्न थालिसकेको समेत बताउनुभयो ।