बुधबार, बैशाख २६, २०८१

कात्तिक २८ देखि १२-१८ वर्ष उमेर समुहका दीर्घ रोगी बालबालिकालाइ फाइजर खोप लगाइने

काठमाडौं कात्तिक ८ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकी कोभ्याक्स सुविधामार्फत अनुदानमा प्राप्त १ लाख डोज फाइजर खोप कात्तिक २८ गतेदेखि १२ देखि १८ वर्ष उमेर समुहका दीर्घ रोगी बालबालिकालाई लगाइने जनाएको छ ।

परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका अनुसार काठमाडौं उपत्यकाभित्र ९ र बाहिर १५ गरी २४ वटा अस्पतालका खोप केन्द्र तय गरिएको जनाएको छ ।

सरकारले १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउने निर्णय गरेको छ। त्यसका नेपालले लागि फाइजर कम्पनीसँग ६० लाख डोज र कोभ्याक्स सविधामार्फत कस्ट सेयरिङमा ४० लाख डोज खोप खरीदका लागि सम्झौता गरिसकेको उक्त खोप आगामी डिसेम्बर अन्तिमसम्म र सन् २०२२मा सुरुवातमा आइपुग्ने मन्त्रालयले जनाएको छ ।