बिहिबार, बैशाख १३, २०८१

पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोभिड संक्रमण, १३ को मृत्यु

काठमाडौं कात्तिक ८ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । ८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा कोभिड संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै यसवीचमा संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ५०१ जना उपचार पछि डिस्चार्ज भएको छ ।

आज थपिएका संक्रमितसंगै नेपालमा कोभिडका कुल संक्रमितको सख्या ८ लाख ९ हजार ७२९ पुगेको छ भने संक्रमणका कारण मृत्‍यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ । त्यस्तै संक्रमण मुक्त हुनेको सख्या ७ लाख ८८ हजार ८ जना रहेको मन्त्रालयले जनाएको छ।

साथै प्राप्त पछिल्लो डेटा अनुसार देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० जना रहेको मन्त्तालयले जनाएको छ । छन् । जसमध्ये ९ हजार ६१७ जना होम आइसोजानकारी दिदै यसमध्ये २५४ जनाको आईसीयूमा र ७४ जना भेन्टिलेटरमा उपचाररत् भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैवीच मन्त्रालयले काठमाडौंमा १८५, झापामा ७८, कास्कीमा ६६, चितवनमा ६४, मोरङमा ६१ जनामा र ललितपुरमा ३३, रुपन्देहीमा २५, मकवानपुरमा १७, सुनसरीमा १३ र नवलपरासी पश्चिममा १२ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।