शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ मन्त्रिपरिषद्को बैठकको निर्णय

काठमाडौं असोज १४,
आज बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक योजना तथा यातायात्र मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बैठक पछि सरकारका प्रवक्ता तथा न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिभिन्न मन्त्रालय अन्तर्गतका विकासका आयोजनाका लागि अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गर्ने र विश्व व्यापार संगठनको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृत प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।