शुक्रबार, बैशाख १४, २०८१

बैठक शुरु भएको १० मिनेट लगत्तै असोज १९ गतेसम्मको लागि संसद बैठक स्थगित

काठमाडौं असोज १४,
प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण भएको सूचना जानकारी गराएसंगै करिव १० मिनेट चलेको बैठक असोज १९ गतेसम्मको लागि स्थगित भएको छ ।

आजको बैठक शुरु भएलगत्तै एमाले सासंदको नारावाजीकै वीच सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेश गर्न समय दिइएको थियो । त्यसपछि बैठक असोज १९ गते मङ्गलबारसम्मका लागि स्थगित भएको जानकारी दिइएको थियो ।