शुक्रबार, बैशाख ७, २०८१

काठमाडौंमा अर्को सूचना नभएसम्मका लागि सभाजुलुस र मेला ,महोत्सव गर्न निषेध

काठमाडौं असोज १४,
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला महोत्सव र सभा जुलुस आदि गर्न नपाइने आदेश जारी गरेको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि जारी प्रस्तुत आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन , भीडभाड गर्न नपाउने, सभा जुलुस जस्तो भिडभाड गर्न , जात्रा महोत्सव लगायत भोज आदि गर्न निषेध गरिएको उल्लेख गरिएको छ।

त्यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा बैठक गोष्ठि जस्तो गर्नुनैपर्ने कार्यक्रम भए स्वास्थ्य मापदन्ड अनुरुप गर्न गराउँन निर्देशन दिइएकोछ ।

साथै कोभिड–१९ सङ्क्रमण कायमै रहेको हुँदा अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको जनाउ सहित आसन्न वडादशैं लगायतका चाडपर्वको समयमा बढी भीडभाड एवं जोखिमयुक्त क्षेत्रहरु एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधि प्रति समेत सर्वसाधारण सचेत रहन आग्रह गर्दै यात्राको क्रममा सवारी साधनको छतमा यात्रा गर्न रोक लगाइएको उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031