शुक्रबार, बैशाख १४, २०८१

कोभिड संक्रमणबाट त्राण नपाउँदै खुला सिमानाका कारण निपाह भाइरसको बढ्दो जोखिम

विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं भाद् २८ ,
कोभिड भाइरसको संक्रमणबाट त्राण नपाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएकाले भारतसँग खुला सिमा भएकै कारण नेपालमा पनि यसको प्रभाव फैलिन सक्ने भएकोले बेलैमा सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोगको मुल संक्रमणको जड मानिएको निपाह भाइरसको संक्रमण नेपालमा अहिलेसम्म संक्रमण सङ्क्रमित फेला नपरे पनि वेलैमा सचेत रहनेहो भने संक्राणबाट बच्न सकिने जनाएको छ ।

मन्त्रालका अनुसार निपाह भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने जानकारी दिदै , सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा यसको संक्रमण हुने जानकारी दिएको छ। त्यस्तै यसको लक्षण भनेको ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस बढ्ने रहेको जनाएको छ ।

त्यस्तै यसको संक्रणको जोखिमबाट जोगिन कुने पनि फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने, गाइबस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने नै रहेको बताउदै यसको संक्रमण भएमा ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको जनाएको छ । स्मरण रहोस डब्लुएचओले पनि निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ ।