बुधबार, बैशाख २६, २०८१

आयोगले नेपाल र ठाकुर नेतृत्वको दुइ अलग पार्टीको सनाखत सहित दल दर्ता प्रक्रियाको अन्तिम टुङ्गो लगाइदै

काठमाडौ भाद्र ९,
निर्वाचन आयोगलले आज नेकपा एमाले विभाजन पछि अस्तित्वमा आएको माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित दल नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत सहित दर्ता प्रक्रियाको अन्तिम टुङ्गो लगाउने तयारी गरेको   छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले संभवत त्यस्तो कुनै व्यवधान आएन भने आज दुवै पार्टीको दर्ता प्रक्रिया टुङ्गो लाग्ने बताउँदै दुवै दलका नेताहरुलाई सनाखत हुने बताउनुभएकोछ । दर्ता प्रक्रिया अन्र्तगत आज सनाखतका निवेदनमा नाम उल्लेख भएका नेताहरुलाइ आफैं अयोगमा उपस्थित भएर सनाखत गराइने आयोगले जनाएको छ।

स्मरण रहोस दल विभाजनका लागि सङ्घीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनु पर्ने पछिल्लो प्रावधान अनुरुप नेपाल नेतृत्वको दल दर्ताका लागि ५७ सदस्यीय केन्द्रीय सदस्यहरुको नामावली आयोगमा बुझाएको छ भने ठाकुर समूहले सोहि प्रावधान अनुरुप ३१ सदस्यीय सदस्यहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु