बिहिबार, बैशाख १३, २०८१

उपत्यकामा भाद्र १६ गते सम्मका लागि थपियो निषेधाज्ञा [आदेश सहित]

राति ८ वजेबाट गाडी चलाउन लगाइएको रोक फुकुवा

काठमाडौ भाद्र ८,
काठमाडौं उपत्यकामा पुन १ साताका लागि निषेधाज्ञा थपिएको छ। यसअघि जारी आदेशमा सहजीकरण गर्दै थप गएिको निषेधाज्ञा आगामी भाद्र १६ गतेसम्म कायम रहने भएको छ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकको निर्णय अनुरुप थप गरिएको निषेधाज्ञामा यसअघि गरिएको व्यवस्था अर्थात राति ८ वजेबाट गाडी चलाउन लगाइएको रोक फुकुवा गरिएको छ भने स्थानीय ढुवानीका साधनहरु बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ।

त्यस्तै बैठक पछि जारी विज्ञप्तिमा होम डेलिभरी गर्न ८ बजेसम्म र होटल सञ्चालन ७ बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था कायम गरिनुको अलावा २५ जनासम्म एउटा कोठामा राखेर परीक्षा सञ्चालन गर्न र गोष्ठि , सेमिनार र प्रशिक्षण जस्ता कार्यक्रम भौतिक उपस्थितीमानै गर्नु पर्ने अवस्था भए भौतिक दुरी स्वास्थ्य मापदण्डको पाला सहित सहित गर्न पाइने उल्लेख गरिएको छ।

यस्तो छ आदेशको विस्तृत विवरण: