शुक्रबार, बैशाख १४, २०८१

पछिल्लो २४ घण्टामा थप १ हजार ६३९ जनामा कोभिड सङ्क्रमण, १२ को मृत्यु

उपत्यकामा मात्र ५८० जना संक्रमित

काठमाडौं असार २९ ,
पछिल्लो २४ घण्टामा थप १ हजार ६३९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको  छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ७ हजार ५८ जनामा गरिएको पिसिआर परीक्षणको क्रममा उल्लेखित  सख्यामा संक्रमित पुष्टि भएके जानकारीदिदै मन्त्रालयले यसवीचमा ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ७५९ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा सङ्क्रमणका कारण १२ जनाको मृत्यु भएको र योसँगै मृतकको सख्या ९ हजार चार सय १२ पुगेको जनाउदै यसवीचमा २ हजार ७८ जना विरामी सङ्क्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।

यसैवीच आज थपिएका संक्रमितमध्ये उपत्यकाका ३ जिल्ला अन्र्तगत काठमाडौंमा ४१० भक्तपुरमा ८० र ललितपुरका ९७ जना संक्रमित गरि ५८० जना रहेको मन्त्रालयले जनाएको छ।