बिहिबार, चैत्र १५, २०८०

निर्धारित समय भन्दा २ घण्टा ढिलो नवनियुक्त प्रम देउवाले लिए सपथ

सपथ लगत्तै प्रधानमन्त्री देउवाद्दारा ४ सदस्यीय मन्त्रिपरिषद विस्तार

काठमाडौं असार २९ ,
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । सोमबार सर्वोच्च अदालतले मंगलबार अपराह्न ५ बजेसम्म देउवलाई प्रधानमन्त्री नियुक्त गर्न दिएको परमादेश अनुरुप सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । तर राष्ट्रपति भण्डारीले काँग्रेस सभापति देउवालाइ प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुरा धारा अनुसार नियुक्त गरेको भन्नेबारे कुनै जिकिर उल्लेख नभएपछि सपथ ग्रहणका लागि निर्धारित समयसिमामा सपथ कार्यक्रम हुन हुनसकेन ।

त्यसलगत्तै सपथ र नियुक्त सम्बन्धमा छलफलका लागि सभापति देउवा राष्ट्रपति भवन शीतल निवासमा पुगेका यस सम्बन्धमा आवश्यक छलफल पछि राष्ट्रपति भण्डारीले यसअघि जारी गरेको प्रधानमन्त्री नियुक्ति सम्बन्धी पत्रको भाषामा संविधानको धारा ७६ ५ अनुसार भन्ने भाषा थप गरेपछि मात्र देउवाले साँझ ६ बजेका लागि तय भएको सपथ राति ८ बजेपछि मात्र प्रधानमन्त्रीको सपथ लिनुभएको हो ।

यद्यपी प्रधानमन्त्री नियुक्ति सम्बन्धी पत्रको भाषा सच्याइएको भनिएपनि राष्ट्रपति कार्यालयको वेव पेजमा यसअघिकै नियुक्ति सम्बन्धी पत्र रहेको छ । जुन नियुक्ति सम्बन्धी पत्रमा सर्वोच्च अदालतको परमादेश अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा  नियुक्त गरेको  उल्लेख गरिएको  छ।

यसैवीच नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ [५] अनुसार नियुक्त हुनुभएका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई/दुई जना मन्त्री नियुक्त गर्दै ४ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।

त्यस्तै विस्तारित मन्त्रिपरिषदका सदस्यलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । नवनियुक्त मन्त्रीहरुमध्ये बालकृष्ण खाँडलाइ गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ भने ज्ञानेन्द्रबहादुर कार्कीलाइ कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै जनार्दन शर्मालाइ अर्थ र पम्फा भुसाललाइ ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ