सोमवार, बैशाख २४, २०८१

५ दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालन गर्ने शिर्ष नेतृत्व सहमत

प्रमको कुर्सी खाली किन?

काठमाडौँ साउन ९,
मुलुकको पछिल्लो परिवर्तित राजनैतिक घटनाक्रम अनुरुप ५ दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालन गर्ने विषयगत एजेन्दामा छलफल सहित गठबन्धनका शीर्ष नेताहरूबीच सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार ५ दलीय गठबन्धनका नेताहरुवीचको बैठकले जनतामा सरकारको उपस्थित प्रत्याभूत गराउँदै प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय भएको हो ।

त्यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा शीर्ष नेताहरूबीच गम्भीर विचारविमर्श भएको बुझिएकोछ । बैठकमा प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा९माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

यसैवीच शनिवार साँझ प्रमको सरकारी निवास वालुवाटारमा बसेको ५ दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाले नयाँ आयाम सिर्जना गर्नुभएको छ । बैठकको क्रममा दलीय गठबन्धनका सबै दलहरुका शीर्ष नेताहरु बराबरको हैसियत देखाउँदै प्रधानमन्त्री देउवाले प्रमको कुर्सीमा नबसी सबैसँग सँगै बस्दै समकक्ष्ी पनको आभास दिनुभएको छ। प्रम देउबाको यो कदमलाइ सवै दलका नेताले स्वागत योग्य रहेको जनाएको छ ।