शनिबार, बैशाख १५, २०८१

बढ्यो उपत्यकामा फेरी कोभिड संक्रमित

काठमाडौं साउन १३,
वितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८८६ जनाको पिसिआर परीक्षणको क्रममा २ हजार ६३४ मा र ४ हजार ९२२ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा १ हजार २०६ जनामा गरि कुल थप ३ हजार ८४० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज पहिचान भएका संक्रमित मध्ये ८५९ जना सङ्क्रमित् रहेको जनाएको छ। त्यस्तै मन्त्रालयले पछिल्लो समय काठमाडौं उपत्यकमा दिनानुदिन संक्रमितको सख्या बड्दो रहेको जनाउदै काठमाडौ ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना सङ्क्रमित्को पहिचान पुष्टि भएको जनाएकोछ ।