शुक्रबार, बैशाख १४, २०८१

जसपाको विवाद निरुपण गर्न इजलास गठन , साउन ३ गते सुनवाइ गर्ने

काठमाडौं असार २३,
जनता समाजवादी पार्टीको विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन गर्दै आगामी साउन ३ गते जसपाको सवालमा सिर्जित विवादको विषयगत एजेन्दाम दुवै पक्षलाई बोलाउने निर्णय गरेको छ । जसपाको उपेन्द्र यादव समूहले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगमा निवेदन दिएको थियो ।