बिहिबार, बैशाख ६, २०८१

बढ्यो सङ्क्रमित सख्या- उपत्यकामा ५४३ सहित थप २ हजार ७७ जनामा कोभिड सङ्क्रमण पुष्टि , २८ को मृत्यु

काठमाडौं असार २३,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको कोभिड परिषणको क्रममा थप २ हजार ७७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा पुष्टि भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका ५४३ जना संक्रमित रहेको जनाउदै यसमध्ये काठमाडौका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना रहेको जानकारी दिनुको अलावा वितेको २४ घण्टामा १ हजार ३३३ जना संक्रमित सङ्क्रमणमुक्त भएको जनाएकोछ ।

साथै मन्त्रालयको उपत्यकाका सहित मुलकका ९ वटा जिल्लाहरूमा पाँचसयभन्दा बढी सङ्क्रमितको प्रभाव रहेको जानकारदिएक छन । त्यस्तै यसवीचमा कोभिड सङ्क्रमणका कारण २८ जनाको मृत्यु भएको र योसंगै मृतकको सख्या ९ हजार २९१ पुगेको मन्त्रालयले जनाएके छ।