शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं उपत्यकामा १ हजार ११५ कोभिड सङ्क्रमित थपिए

काठमाडौं जेठ २४, 
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ११५ कोभिड सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंका ९७०, ललितपुरमा १९० र भक्तपुरका १३५ रहेको जनाएको छ।

त्यस्तै मन्त्रालयले काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या करीब २० हजार रहेको यसमध्ये काठमाडौं १२ हजार ५९, ललितपुरमा ४ हजार ६७४ र भक्तपुरमा ३ हजार ५९१ जना रहेको जानकारी दिएको छ। साथै संक्रमणका कारण काठमाडौंमा १७११, ललितपुरमा ४८६ र भक्तपुरमा ३४२ सङ्क्रमितको निधन भइसकेको जनाएको छ।