शुक्रबार, बैशाख १४, २०८१

पूर्व निर्धारित समयमानै महाधिवेशन गर्न प्रतिवद्ध छु, शंका नगर्नुस् :सभापति देउवा

काठमाडौं जेठ २६,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भाद्रमा पार्टीको १४औं महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको बताउँदै महाधिवेशनका लागि आवश्यक तयारीलाइ पूर्णता दिने काममा सम्वद्ध पक्ष लागि परेको जनाउ सहित महाधिवेशनका विषयमा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ ।

पछिल्लो समय काँग्रेस महाधिवेशनको विषयलाइ लिएर पार्टीकै नेताहरुबाट अनेकन शैका उपशैका सहितका अभिव्यक्ति सार्वजनिक हुन थालेपछि सभापति देउवाले बुधबार विज्ञप्ति जारी गर्दै सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन हुँदैन भनेर कसैले अभिव्यक्ति नदिन आग्रह गर्नु भएको हो ।

त्यस्तै जारी विज्ञप्तिमा सभापति देउवाले महाधिवेशन हुँदैन भनेर कसैले भ्रममा पार्न र कोही भ्रममा नपर्न उहाँसमेत आग्रह गर्दै महाधिवेशन पार्टीको जिवन्तताका लागि महायज्ञ भन्ने कुरा मैले राम्ररी बुझेको छु भन्दै महाधिवेशनको कुरालाई लिएर जे पायो त्यही अभिव्यक्ति नदिन अनुरोध गर्नुभएको छ ।