शुक्रबार, बैशाख १४, २०८१

थप ३ हजार ७०३ जनामा कोभिड सङ्क्रमण पुष्टि , ४१ को मृत्यु

काठमाडौं असार ८,
पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणको क्रममा थप ३ हजार ७०३ जनामा कोभिड भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा ४ हजार ८१९ जनाको एन्टिजेन परीक्षण गर्दा चार हजार ७०९ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी समेत दिएको छ ।

साथै यसवीचमा ४ हजार ९५४ जना सङ्क्रमित कोभिड मुक्त भएको जानकारी सहित सङ्क्रमणका कारणवितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ८८१३ जनाको मृत्यु भैसकेको छ ।