बिहिबार, बैशाख २७, २०८१

काठमाडौं उपत्यकामा १ हजार २६३ संक्रमितको पहिचान

संक्रमणका कारण काठमाडौं,ललितपुर र भक्तपुरमा निधन हुनेको सख्या क्रमस १ हजार ६१९ , ४३८ र ३२४

काठमाडौं जेठ १७,
नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ५५ जनाको पीसीआर परीक्षणको क्रममा ४ हजार १७८ नया कोभिड सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा १ हजार २६३ सङ्क्रमित थपिएको र यसमध्ये काठमाडौंमा ८९०, ललितपुरमा २५२ र भक्तपुरका १२१ जना संक्रमित रहेको जनाएको छ ।

त्यस्तै काठमाडौंमा संक्रमणका कारण काठमाडौंमा १ हजार ६१९ जनाको ललितपुरमा ४३८ जनाको र भक्तपुरमा ३२४ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।