बिहिबार, बैशाख २७, २०८१

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा काँग्रेसका उम्मेदवार पाण्डे निर्वाचित

काठमाडौं जेठ १७,
लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको आज भएको उपनिर्वाचनको मतदानमा कपिलवस्तुका दृगनारायण पाण्डे विजयी हुनुभएको छ । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका पाण्डेले ४ हजार १ ४० मतभारले विजयी हुनुभएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थनमा उम्मेदवार बन्नुभएका पाण्डेले प्रदेश सभातर्फ दुई हजार १६ र स्थानीय तहतर्फ दुई हजार १ सय २४ मतभार प्राप्त गरी जम्मा चार हजार १ सय ४० मतभार प्राप्त गर्नुभएको हो ।

सनर्पाचन समितिका अनुसार विजयी उम्मेदवार पाण्डेका प्रतिद्वन्द्वी तथा महन्थ ठाकुर पक्षको जनता समाजवादी पार्टीले समर्थनमा नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट उम्म्ेदवार रहेका चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मतभार प्राप्त गरेको थाहा भएको छ। ३ सय मतदाता रहेको लुम्बिनी प्रदेशको आजको निर्वाचन कार्यक्रम अन्र्तगत बिहान ९ वजेदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको र मतदानमा २ सय ९७ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदानमा भाग नलिनेमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख र नरैनापुर गाउँपालिकाका अध्यक्ष तथा गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष रहेको बताईएकोछ ।