बिहिबार, बैशाख २७, २०८१

एमालेको स्थायी कमिटी : हिजोबाट आज र आजबाट मंगलवार ११ बजे बस्ने गरि स्थगित

काठमाडौं जेठ १७,
सत्तारुढदल नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । यसअघि जेठ १६ गते साँझ ५ बजे बस्ने भनिएको बैठक जेठ १७ गते बिहान ११ बजे बस्ने भन्दै स्थगित गरिएको थियो ।

तर आज बस्ने भनिएको बैठक पनि स्थगित भएको एमाले केन्द्रीय कार्यालय ले जनाएको छ। एमाले केन्द्रीय कार्यालयका अनुसार आज बस्ने भनिएको स्थायी कमिटी बैठक पुनः जेठ १८ गते मंगलवार ११ बजे कार्य योजना तय भएको जनाएको छ ।